अरबाज खानकी पुर्व पत्नी मलाइका भन्दा सेक्सी छिन् गर्ल फ्रेण्ड जर्जिया, शरिरका यी अंगहरुमा छन् यस्ता ट्याटु — OSNepal

अरबाज खानकी पुर्व पत्नी मलाइका भन्दा सेक्सी छिन् गर्ल फ्रेण्ड जर्जिया, शरिरका यी अंगहरुमा छन् यस्ता ट्याटु

LC (KTM) January 12, 2022 0

बलिउड इन्डस्ट्रीका उत्कृष्ट अभिनेता अरबाज खान आफ्नो अभिनय र फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । अभिनेता अरबाज खानले सन् १९९८ मा बलिउड अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । तर दुवैको विवाह लामो समय टिक्न नसकेपछि दुवै कलाकारले सन् २०१७ मा छुट्टिने निर्णय गरेका थिए ।

मलाइका र अरबाजको अरहान नामका १९ वर्षको एक छोरा समेत रहेका छन् ।दुवैको वर्तमान जीवनको कुरा गर्दा उनीहरु अहिले आ–आफ्नो जीवनमा अगाडि बढेका छन् । अभिनेत्री मलाइका अरोरा अहिले अभिनेता अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । यसै क्रममा अभिनेता अरबाज खान चर्चित मोडल जर्जिया एड्रियानीलाई डेट गरिरहेका छन् ।

दुबैको जोडी गजबको रहेको छ । मलाइका र जर्जिया दुवै ट्याटू मन पराउनेमा पर्छन् । जर्जिया एन्ड्रियालाई ठूला र रंगीन ट्याटू मनपर्छ भने मलाइका अरोरालाई साना ट्याटू मन पर्छ। आज हामी यि दुबै जनाको बिषयको बारेमा जानकारी दिदैछौ । कसले कहाँ ट्याटु बनाएको छ भन्ने बारेमा बताउँदै छौ । दुबै जनालाई उनीहरुका फ्यानहरुले हेर्न मन पराउँने गरेका छन् ।

सौन्दर्यको कुरा गर्ने हो भने दुवै कोहि भन्दा कोही कम छैनन् । सामाजिक सञ्जालमा दुवैको राम्रो फ्यान फलोइङ छ । दुवैका धेरै तस्विर इन्टरनेटमा भाइरल भइरहेका छन् । जसमा उनका धेरै तस्विरहरु ट्याटु रहेका छन् । सबैभन्दा पहिले मोडल तथा अभिनेत्री जर्जिया एन्ड्रियाको कुरा गरौं, जसले आफ्नो शरीरमा धेरै ठूला र रंगीन ट्याटुहरू खोपेकी छिन् ।

जर्जिया एन्ड्रियाले आफ्नो कम्मरमा आफ्नो पहिलो ट्याटु बनाएकी छिन्। जसमा उनले प्रेम लेखेकि छिन् । साथै केही फूल आकारहरू पनि निर्माण गरिएको छ । अर्कोतर्फ, जर्जियाले आफ्नो तिघ्राको पछाडिको भागमा दोस्रो ट्याटु बनाएकी छिन् । उनको यो ट्याटू धेरै छोटो कपडा लगाउँदा सजिलै देखिने छ। उनको यो ट्याटूलाई फ्यानले निकै मन पराउने गरेका छन् ।

त्यस्तै अभिनेत्री मलाइका अरोराको कुरा गर्नु पर्दा उनलाई सानो ट्याटु मनपर्ने गरेको छ । त्यसैले उनको औंलामा माया लेखिएको छ । यससँगै उनको दाहिने हातको तल्लो भागमा कालो रंगको ट्याटु बनाइएको छ । यसबाहेक अभिनेत्रीले कम्मरमा तीनवटा चरा बनाएकी छिन् । जसले स्वतन्त्रतालाई जनाउँछ। मलाइकाका फ्यानहरूले उनको यी सबै ट्याटूहरूलाई उत्तिकै मन पराउने गरेका छन् । अभिनेत्रीको ट्याटु उनको धेरै नजिकको तस्बिरहरूमा देखिने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर