कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी — OSNepal

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

LC (KTM) January 12, 2022 0

काठमाडौं, २८ पुस-बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो ।

बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।

‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए ।उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।

उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे ।उनले घटनाको जिम्मेवारी आफूले लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर