टोटनहमलाई पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिगको फाइनलमा — OSNepal

टोटनहमलाई पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिगको फाइनलमा

LC (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस । इंग्लिस प्रतिद्वन्द्वी टोटनहमविरुद्ध १-० को सहज जितसँगै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार लण्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३-० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । अब, चेल्सीले उपाधिका लागि वेम्वली रंगशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँगै खेल्नेछ । दुई टोलीबीचको खेल कोभिड–१९ का कारण हुन सकेको छैन ।

यसअघि खेलको १८औँ मिनेटमा एन्टोनिओ रुडिगरको गोलमा चेल्सीले सहज जित पायो । मासन माउन्टको कर्नरमा रुडिगरले हेड गोल गरेका थिए ।

यसअघि खेलको ४२औं, ५७औं र ६४औं मिनेटमा टोटनहमले भारको सामना गर्नुपरेको थियो । तर कुनै पनि समय पेनाल्टी र गोल पाएन । बाँकी समय गोल नहुँदा चेल्सी फाइनल पुग्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर