OSNepal आइतबार, माघ ९ २०७८

१८ वर्षीया रोजिनाको हत्या गरेर फरार रहेका गोरेलाई २० वर्षपछि समात्न सफल भयो प्रहरी

१८ वर्षीया रोजिनाको हत्या गरेर फरार रहेका गोरेलाई २० वर्षपछि समात्न सफल भयो प्रहरी

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


१८ वर्षीया रोजिनाको हत्या गरेर फरार रहेका गोरेलाई  २० वर्षपछि समात्न सफल भयो प्रहरी
Reading Time: < 1 minute

मङ्गलबारे-युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो । घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ । (रासस) :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड