के आफु भन्दा आधा उमेर जेठि प्रेमिका मलाइकासंग ब्रेकअप गरेकै हुन त अभिनेता अर्जुनले ? यस्तो खबर बाहिरीए पछि फ्यान भए चिन्तित — OSNepal

के आफु भन्दा आधा उमेर जेठि प्रेमिका मलाइकासंग ब्रेकअप गरेकै हुन त अभिनेता अर्जुनले ? यस्तो खबर बाहिरीए पछि फ्यान भए चिन्तित

LC (KTM) January 13, 2022 0

बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोरालाई इन्डस्ट्रीको सबैभन्दा मनपर्ने जोडी मानिन्छ । उनीहरुको सम्बन्धको खबर सुनेर फ्यानहरु निकै खुसी भएका छन् । यी दुई पटक पटक सार्वजनिक रुपमा सँगै देखिएका छन् । दुबैको रोमान्टिक स्टाइल धेरै लंच र डिनर पार्टीहरूमा देख्न सकिन्छ।

तर, केही समयअघि दुवैले उमेरको अन्तरलाई लिएर कमेन्ट गर्ने ट्रोललाई जवाफ दिएका थिए । दुबैले आफुहरुले कसैको वास्ता नगरेको बताएका थिए ।तर अहिले दुवैले छुट्टिएको खबर बाहिरिएको छ । मलाइका विगत छ दिनदेखि घरबाट बाहिर निस्केकी छैनन्। उनी पूर्ण रूपमा आइसोलेसनमा रहेकी छिन्।

मलाइका निकै दुखी छिन् र केही समयका लागि सबैबाट टाढा बस्न चाहन्छिन्। केही दिनयता अर्जुन कपुर पनि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिनअघि अर्जुन कपूर आफ्नी बहिनी रिया कपुरको घरमा डिनरका लागी गएका थिए । रिया मलाइकाको घर नजिकै बस्छिन्, तर पनि अर्जुन कपुर मलाइकालाई भेट्न गएनन् । अर्जुन र मलाइका प्रायः कफी र डिनर डेटमा गईरहन्थे , तर केही समयदेखि त्यसो देखीदैन ।

यी सबै कुराले यी दुईबीचको सम्बन्ध राम्ररी चलिरहेको छैन भन्ने देखाउँछ। कामको कुरा गर्दा, अर्जुन कपूरसँग अहिले धेरै प्रोजेक्टहरू छन्। अर्जुन कपूर पछिल्लो पटक फिल्म ‘भूत पुलिस’ मा देखिएका थिए । यसमा उनी बाहेक सैफ अली खान, यामी गौतम र ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका थियो । उनको आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’ हो । मलाइका अरोरा हालै ‘इन्डियाज बेस्ट डान्सर’ मा जजको रुपमा देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर