OSNepal बिहिबार, माघ १३ २०७८

के प्रेमिका मलाइकासँग दुरी बढाउकै हुन् अर्जुनले

के प्रेमिका मलाइकासँग दुरी बढाउकै हुन् अर्जुनले

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


के प्रेमिका मलाइकासँग दुरी बढाउकै हुन् अर्जुनले
Reading Time: < 1 minute

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका ’दयगतमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् ।राजधानि दैनिकमा खबर छ । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड