बाटो खन्ने क्रममा धादिङमा पहिरो खस्दा डोजरसहित तिन जना वेपत्ता — OSNepal

बाटो खन्ने क्रममा धादिङमा पहिरो खस्दा डोजरसहित तिन जना वेपत्ता

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । डोजरले खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तिन जना वेपत्ता भएका छन् ।

धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहिबार बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार पहिरोमा वेपत्ता हुनेमा ‘चालक, सहचालक र बाटो समितिका एक जना रहेका छन् ।

बिहान साढे आठ बजे पहिरो खस्दा डोजरसहित नित जना वेपत्ता भएको खबर प्रहरीलाई स्थानीयले गरेका थिए ।

थप विवरण भने आउँन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर