१७ राजनैतिक दलहरुसँग निर्वाचन आयोगले यी तिन विषयमा भोली छलफल गर्दै — OSNepal

१७ राजनैतिक दलहरुसँग निर्वाचन आयोगले यी तिन विषयमा भोली छलफल गर्दै

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । निवार्चन आयोगले तिन विषयमा शुक्रबार राजनैतिक दलहरुसँग छलफल गर्ने भएको छ ।

आयोगले शुक्रबार बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो । बैठकमा १७ राजनैतिक दलहरुसँग आयोगले छलफल गर्ने भएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन,राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिएका छन् ।

१७ राजनैतिक दलहरुमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरु रहेका छन् ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी । नेकपा एकिकृत समाजवादी पार्टी , जसपा लगायतका दलहरुको सहभागिता हुने भएको छ ।

दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका जानकारी समेत उनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर