नयाँ भेरियन्ट ओमिक्रोनले त्रास फैलाएका बेला डब्लूएचओले दियो डर लाग्दो चेतावनी — OSNepal

नयाँ भेरियन्ट ओमिक्रोनले त्रास फैलाएका बेला डब्लूएचओले दियो डर लाग्दो चेतावनी

LC (KTM) January 13, 2022 0

एजेन्सी विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताउनुभयो । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर