कोरानाका कारण जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा – OSNepal

कोरानाका कारण जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा

Osnepal Admin (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस – राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ ।

कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनकाे मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौं ।’

संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published.

भर्खर