पाँच महिनासम्म बस्न सकेन् लोसपा कार्यकारिणी बैठक, दुई सदस्यले छोडे पार्टी — OSNepal

पाँच महिनासम्म बस्न सकेन् लोसपा कार्यकारिणी बैठक, दुई सदस्यले छोडे पार्टी

LC (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीकाे कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन् ।

महन्थ ठाकुरकाे नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् । गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् ।

३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर