ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई — OSNepal

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई

LC (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् ।

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् ।

‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर