सन् २०२२ मिथुन राशी हुनेहरुको लागि सौभाग्यशाली वर्ष बन्दै , यस्तो छ ग्रहको प्रभाव — OSNepal

सन् २०२२ मिथुन राशी हुनेहरुको लागि सौभाग्यशाली वर्ष बन्दै , यस्तो छ ग्रहको प्रभाव

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । आचार्य चुडामणी पाठकले २०२२ को मिथुन राशीको बार्षिक राशीफल प्रस्तुत् गरेका छन् । १२ वटा राशीमध्ये तेस्रो स्थानमा परेको राशी मिथुन हो । हिन्दु धर्म अनुसार न्वारानको नाम का, कि, कु , घ, ङ, छ, क, को र हा बाट सुरु हुने सबैको राशि मिथुन हुन्छ ।

यो वर्ष मिथुन राशी हुनेको लागि निकै शुभ वर्षको रुपमा लिइएको छ । यो वर्ष मिथुन राशी हुनेहरुको विदेश यात्रा , धनसम्पति आर्जन , भाग्य वृद्धि हुने भएको छ ।

त्यसैगरी , साढे दुई वर्ष देखि चल्दै आएको ग्रह दशा पनि यो वर्षबाट हटेर जाने भएको छ । वर्ष सुरु भएसँगै प्रगतिको बाटो खुल्ने तथा नयाँ आयआर्जनको बाटो खुल्ने भएको छ ।

सप्तमी र दशमीको दृष्टिले यो राशी हुनेहरुको आयआर्जन राम्रो हुने भएको छ । तर शत्रुभावमा शनि गएर बसेकाले यसबाट भने नकारात्मक उर्जा प्राप्त हुन्छ । जसको लागि यो राशी हुनेहरुले केहि सावधानी अपनाउनु पर्ने देखिएको छ ।

त्यसपछि १२ अप्रिल पहिले द्धावाशी र छौठौ भागमा रहेको राहु र केतु वृष र वृश्चिक राशीमा जाँने हुँदा मिथुन राशी हुनेहरुको वैदेशिक यात्रा सफल हुने देखिएको छ । शत्रु नास आयआर्जन हुने पनि देखिएको छ ।

त्यसपछि राहु र केतु तुला र मेष राशी जाने हुनाले एकादशभावमा रहेने मेष राशीको राहुले मिथुन राशीहुनेहरुलाई बढी आम्दानी दिने भएको छ । पञ्च भागमा बसेको केतुले भने सन्न्तान शिक्षामा समस्या ल्याउने देखिएको छ ।

अप्रिल र मे महिनामा सुर्य उच्च हुनाले धनलाभ हुने देखिएको छ । अक्टोवर नोभेम्वरमा भने सुर्य निच हुनाले दुर्घटना चोटपटक लाग्ने सम्भावना रहेको छ । समग्रमा मिथुन राशी हुनेहरुको लागि सन् २०२२ लक्की वर्षको रुपमा रहेको छ ।

शिक्षा , सन्तान तथा दुर्घटनाबाट बच्न भने पिपलको पुजा गर्ने , ग्रह शान्ति गर्नाले त्यसको असर केहि कम जाने देखिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर