यही संरचनाबाट अगाडी बढ्दा आशंका हुने स्थिति आउने भएकाले इजलासबाट बाहिरिएका हौँ : न्यायाधीद्धय कार्की,भट्टराई (रायसहित) — OSNepal

यही संरचनाबाट अगाडी बढ्दा आशंका हुने स्थिति आउने भएकाले इजलासबाट बाहिरिएका हौँ : न्यायाधीद्धय कार्की,भट्टराई (रायसहित)

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । संसद विघटन विरुद्धमाथि दर्ता भएको मुद्धाको सुनुवाई गर्न संवैधानिक इजलासमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा गठित पाँच सदस्य मध्ये दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले संवैधानिक इजलासबाट बाहिरिएका छन् ।

संसद विघटनके मुद्धा हेर्न संवैधानिक इजलासमा सहभागी भएका न्यायाधीहद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि पनि न्यायाधीद्धय केसी र श्रेष्ठले इजलास नछोड्ने भनेपछि आफुहरु निस्किएको न्यायाधीद्धय कार्की, भट्टराई जनाएका छन् ।

उनीहरुले भनेका छन् , त्यसैले आफूले फैसला वा आदेश गरेका मुद्दासँग जोडिएको पक्ष वा प्रश्न सम्बन्धित रहेको सानो दृष्टान्त पेश हुँदा पनि हामीहरुले मुद्दा आफूरहितको इजलासमा पेश गर्नु भनी आदेश गर्ने परम्परा बसालेका छौं । यही संरचनाबाट अगाडी बढ्दा आशंका हुने स्थिति आउने भएकाले इजलासबाट बाहिरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर