मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ : प्रकाशमान — OSNepal

मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ : प्रकाशमान

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमा नै पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको बताएका छन् ।

बिहिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले आफु सुरु देखि नै नेतृत्व परिवर्तन गर्ने पक्षमा भएको र त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता सिंहले सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

सभापतिमा देउवा लगायत पूर्व उपसभापति विमलेन्द्र निधि, नेता सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर