सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा — OSNepal

सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा

LC (KTM) January 13, 2022 0

काठमाडौँ, २९ पुस – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हाल्नुभएको छ ।56करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहनुभएका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गर्नुभएको हो ।

बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर