काठमाडौं । अभिनेता बिपिन कार्कीले चर्चित बलिउड अभिनेता अनिल कपुर र रणवीर कपुरले अभिनय गर्ने फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका छन् । रणवीरको मुख्य भूमिका भएपनि फिल्ममा चाहिँ उनले अनिल कपुरसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।
छोटो भूमिका भएपनि आफ्ना लागि यो फिल्म महत्वपूर्ण हुने अभिनेता कार्कीले बताएका छन् । अगस्टमा फिल्म सुटिगंका लागी मुम्बइ बोलाइसकिएको कार्कीले बताए ।
फिल्ममा रणवीर कपुर, अनिल कपुरका अलवा परिणिती चोपडा र बबी देओलको पनि मुख्य भुमिका रहनेछ । ‘कविर सिंह’ फेम्ड सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्मको अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ ।