पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु — OSNepal

पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु

LC (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस- पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर