अवैध लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ — OSNepal

अवैध लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

LC (KTM) January 13, 2022 0

कैलाली २९ पौष । धनगढी उपमहानगरपालिका-२ विश्वनाथ मन्दिर नजिकबाट ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर