प्रदेश १ मा आज २९२ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा आज २९२ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

LC (KTM) January 13, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना संक्रमण भएको छ । ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा २, धनकुटा, संखुवासभा, इलाम, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ११४, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे, बुढीगंगा र कटहरीमा २–२, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनबर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा ३, दुहवी र देवानगञ्जमा २–२, झापाको विर्तामोडमा ९, भद्रपुरमा७, दमक र मेचीनगरमा ४–४, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति, कचनकवल, बाहृदशी, हल्दिबारी र कनकाईमा १–१, उदयपुरको त्रियुगा र कटारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिका, संखुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण भएको हो । प्रदेश १ माआज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ८३८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर