OSNepal सोमबार, माघ ३ २०७८

२४ घण्टामा प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


२४ घण्टामा प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण  पुष्टि
Reading Time: < 1 minute

विराटनगर, २९ पुस -प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरे, बुढीगङ्गा र कटहरीमा दुई÷दुई, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनवर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा एक÷एक, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा तीन, दुहवी र देवानगञ्जमा दुई÷दुई, झापाको विर्तामोडमा नौ, भद्रपुरमा सात, दमक र मेचीनगरमा चार÷चार, अर्जुनधारा र शिवसताक्षीमा दुई÷दुई, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी र कनकाईमा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।प्रदेशमा आज चार महिलासहित आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड