आफुले कमाएको बाट बचाएर समाजसेवामा १८ करोड बढी सहयोग गर्ने यी हुन् थापा दम्पत्ति — OSNepal

आफुले कमाएको बाट बचाएर समाजसेवामा १८ करोड बढी सहयोग गर्ने यी हुन् थापा दम्पत्ति

LC (KTM) January 13, 2022 0

समाजसेवी हेम थापाको बाल्यकालको जिवन एकदमै कष्टप्रद थियो । टाटीले बारेको झुप्रो घर , पानी चुहिने छानो , कतिपय दिनहरु भोकै बसेको याद थापाको मानसपटलमा अहिले पनि ताजै रहेको छ । समाजसेवी थापा आफ्नो परिवार सहित अहिले अमेरिकामा बसोबास गर्दै आएका छन् । उनको निस्वार्थ समाजसेवाको काममा उनकी पत्नी माया थापाले पनि उत्तिकै साथ दिदै आएकी छिन् ।

अहिले थापा दम्पत्ति १७ बर्ष पछि नेपाल आएको छ । अहिले पनि यो दम्पत्तिले बिभिन्न ठाउँमा पुगेर दीन दुःखीहरुलाई सहयोगको हात दिईरहेका छन् । ओएस नेपाल संगको कुराकानीका क्रममा हेम भन्छन्– मलाई यसरी सहयोग गर्न पाउँदा एकदमै आनन्द लाग्ने गर्छ । हिजो म यहि परिबेश बाट हुर्किएर आएको ब्यक्ति हो । मिठो मसिनो खान, नयाँ लुगा लाउन चाड पर्व नै कुर्नु पर्ने स्थिती थियो । त्यसैले मन खोलेर सहयोग गर्न मन लाग्छ ।

थापाले महिनाको ५ लाख जति नेपालमा आर्थिक सहयोग गरिरहेका छन् । उनका अनुसार अहिले सम्म उनले कमाएको बाट बचाएको पैसा अािर्थक बिपन्नता भएकाहरुका लागि खर्च भइरहेको छ । उनले आजका दिन सम्म १८ करोड ४७ लाख रुपैया समाज सेवाका लागि खर्च गरिसकेको बताए । प्रस्तुत छ थापा दम्पत्ति संग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर