ओलीले पेलेरै एमसीसी पास गराउन खोजेपछि पार्टी फुटेको हो : नेता कुँवर — OSNepal

ओलीले पेलेरै एमसीसी पास गराउन खोजेपछि पार्टी फुटेको हो : नेता कुँवर

LC (KTM) January 13, 2022 0

एकिकृत समाजबादीका केन्द्रिय नेता शेर बहादुर कुँवरले केपी शर्मा ओलीले एमसीसी पास गर्ने अडान राखेकै कारण पार्टी फुटेको जिकिर गरेका छन् । ओएस नेपाल संगको कुराकानीको क्रममा उनले केपी ओलीमो ब्यक्तिगत अहंकार र दम्भका कारण संसदनै हरण गर्ने दुष्प्रयास भएको समेत आरोप लगाए ।

प्रतिगमन बिरुद्धको प्रतिक अहिलेको नयाँ गठबन्धनको सरकार रहेको बताउँदै उनले अझै पनि ओली एमसीसी पास गर्ने पक्षमा नै रहेको बताए । सत्तामा रहुन्जेल एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा रहेका ओली अहिले भने गठबन्धन भत्काउने हतियारको रुपमा एमसीसीलाई लिईरहेको समेत दाबी गरे ।

त्यतिबेला एमाले भित्र ठुलो समुह परिमार्जन नगरि एमसीसी पास गर्नु हुदैन भन्ने अडानमा रहेका कारण एमसीसी पास नभएको नेता कुवँरले बताए । त्यस्तै हिजोको सरकारले गरेको गैरकानुनी कामहरु अहिलेको सरकारले खोतलि रहेको त्यसैको एउटा पाटो बतास समुहको पछिल्लो प्रकरण रहेको बताए ।

प्रस्तुत छ उनि संग पत्रकार एच बी ताम्राकारले गरेको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर