तौल घटाउनकै लागि १५ दिन अनशन बसिन आमिर खानकी छोरी इरा — OSNepal

तौल घटाउनकै लागि १५ दिन अनशन बसिन आमिर खानकी छोरी इरा

LC (KTM) January 14, 2022 0

बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको तेस्रो बिबाहको हल्ला यतिबेला चलिरहेको छ । यसत नै बेला उनकी छोरी इरा खानले अनौठो काम गर्न लागेकी छिन् । इराको कुरा गर्नु पर्दा उनी ग्ल्यामरको दुनियाँबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी प्रायः कुनै न कुनै पोष्ट सेयर गरेर आफ्ना फ्यानहरूसँग सम्पर्कमा रहन्छिन् ।

जसलाई उनका फ्यानहरुले पनि निकै रुचाएका छन् । यसैबीच, हालै उनले केही तस्विर शेयर गरेकी छिन् । जसमा उनी आफ्ना प्रेमी र साथीसँग देखिएकी छिन् । यससँगै उनले लामो क्याप्सन पनि सेयर गरेकि छिन् । जसमा उनले आफू अहिले १५ दिने अनशनमा रहेको बताएकी छन् । यससँगै उनले व्रत बस्नुको कारण पनि दिएकि छिन् ।

उनको यो पोष्टलाई फ्यानहरुले सधैँ जस्तै मन पराइरहेका छन् । इराले आफ्नो पोस्टको क्याप्सनमा लेखेकी छिन्,– ‘मैले तौल घटाउन १५ दिनसम्म उपवास गरें । म स्व-प्रेरणाको माध्यमबाट पनि राम्रो काम गरिरहेको छैन। म अहिले सम्म मेरो जीवनमा धेरै सक्रिय छु, तर पछिल्ला द्ध(छ वर्षमा म सक्रिय छैन। यस क्रममा मैले २० केजी तौल बढाएँ । जसले मलाई निकै सताएको छ । उनले थप लेखेकि छिन्,– यी कुराहरू बाहेक म सँग जर्मनीमा काम गर्ने पूरा सूची छ। मैले तौल घटाएको छैन तर यो हैन कि म तौल नै घटाउन सक्दिन थिए ।

तर मैले थप प्रयास गर्ने नयाँ प्रेरणा पाएँ। मैले जिउने लय फेला पारे, त्यसैले म यसलाई कायम राख्न सक्दो प्रयास गरिरहेको छु। मैले धेरै सोचेर यो गरें। मैले केही राम्रा कुराहरू सिकें। स्व-कार्य विभाग र सामान्य जीवनका चीजहरू, जुन म तपाईसँग शेयर गर्न उत्सुक छु। तीमध्ये धेरै चीजहरू छन् जुन मैले आफैं गर्न आवश्यक छ। मैले यो गर्ने बित्तिकै, म तपाईसँग शेयर गर्नेछु। म धेरै दृढ छु। हेरौं यो सबै कसरी हुन्छ । हाल इरा खान नुपुर शिखरेसँग रिलेशनशिपमा छिन्। उनी प्रायः आफ्नो प्रेमीसँगको तस्विर शेयर गर्छिन् । जसमा कहिले दुबै एकअर्कालाई हेर्दा त कहिले एकअर्कासँग रमाइलो गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर