बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी — OSNepal

बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी

LC (KTM) January 14, 2022 0

सिमकोट, ३० पुस-हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् ।

स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

नाम्खा गाउँपालिका स्वास्था शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको जिल्ला हुम्ला हो ।

गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्वास्थ्यकर्मी पुगेर उपचार गरेकाे ताक्ला जिग्मेत लामाले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार-पाँच महिनाअगाडि लगेकाे सिटामोलले काम चलाउने गरेका थिए ।

बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी ३५ जना बिरामीको उपचार गरिएको उनले बताए ।

स्वास्थ्य परीक्षणसँगै औषधि पनि दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर