सात प्रदेशसहितको नेपालको नक्सा रहेको २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने — OSNepal

सात प्रदेशसहितको नेपालको नक्सा रहेको २ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस-नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ ।साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर