आजबाट देशभर रिलिज हुँदै स्वस्तिमा र सुपुष्पा भट्टको 'चपली हाइट ३' — OSNepal

आजबाट देशभर रिलिज हुँदै स्वस्तिमा र सुपुष्पा भट्टको ‘चपली हाइट ३’

LC (KTM) January 14, 2022 0

नेपाली फिल्मको बजारको विषयमा चिन्ता चलिरहेको समयमा हरर मुभी कठपुतलीले राम्रो व्यापारिक परिणाम देखाइसकेपछि अब दर्शक र फिल्मकर्मीबाटै प्रतीक्षा गरिएको अर्को फिल्म चपली हाइट–३ आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने भएको छ।

फिल्मको टिकटका लागि देशभरका मल्टिप्लेक्सले बुधबारदेखि नै बुकिङ खुल्ला गरेका छन् भने भने क्यूएफएक्सले ३६ शो उपलब्ध गराएको छ। अन्य मल्टिप्लेक्सले पनि चपली हाइट–३ लाई राम्रो शो दिएको छ। एकातिर दुई सातादेखि हलहरूमा कुनै पनि नेपाली फिल्म नलागेकाले यस फिल्मबारे दर्शकहरूमा चर्चा बढेको छ भने अर्कातिर यस अघिका दुई सिरिजले बक्स अफिसमा सफलता हासिल गरेकाले यो फिल्मले पनि राम्रो दर्शक पाउने आशा गरिएको छ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ। सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

अर्जुन कुमारले निर्माण गरेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहरी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ। नेपाल समचारपत्रमा खबर पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ। निर्देशक खड्काले चपली हाइट–३ जस्तो नेपाली थ्रिलर फिल्म हालसम्म नबनेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर