अजय र आलियाले छोटो दृश्यका लागि लिए मोटो रकम — OSNepal

अजय र आलियाले छोटो दृश्यका लागि लिए मोटो रकम

LC (KTM) January 14, 2022 0

बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट एसएस राजमौलीको निर्देशनमा बनेको दक्षिण भारतीय फिल्म ट्रिपल एक्समा देखिँदै छन्। कोरोना महामारीका कारण प्रर्दशन मिति सरेको उक्त फिल्मका लागि गरिएको केवल सात दिनको सुटिङका लागि अजयले ३५ करोड तथा केही सिनका लागि आलियाले नौ करोड भारतीय रुपियाँ पारिश्रमिक लिएको भारतीय बलिउड हंगामाले जनाएको छ।

अजयलाई केमियो भूमिकाको लागि दिइएको जति मोटो रकम साउथका चर्चित कलाकारले पूरा फिल्ममा काम गरेर पनि नपाउने समाचारमा चर्चा गरिएको छ। त्यसैगरी, आलियाको पहिलो साउथ फिल्म भए पनि उनको लागि निर्माताले महँगो पारिश्रमिक चुक्ता गरेका छन्। नेपाल समचारपत्रमा खबर छ । यसको कारण भने अजय र आलियाको दक्षिण भारतीय दर्शकमाझ बढ्दै गएको लोकप्रियता हो। अजय र आलियालाई महँगो रमक दिएबापत फिल्म युनिटले उनीहरूलाई फिल्म प्रचार–प्रसारमा भने भरपुर प्रयोग गरिरहेको र आगामी दिनमा पनि उनीहरूलाई प्रोमोसनका लागि सहभागी गराइने समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर