हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य बढ्न के गर्यो ? — OSNepal

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य बढ्न के गर्यो ?

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस- नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ पैयाँ ९२ पैसा र बिक्री दर ११८ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ३० पैसा र बिक्री दर १३५ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ०३ पैसा र बिक्री दर १६२ रुपैयाँ ८६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २३ पैसा र बिक्री दर ८६ रुपैयाँ ६७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ९५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३० पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५४ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४२ पैसा र बिक्री दर ३१ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३९ पैसा र बिक्री दर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर