OSNepal बिहिबार, माघ १३ २०७८

७४ वर्ष अघि छुट्टिएका दाजुभाई बुढेसकालमा एक्कासी भेट हुँदा भयो रुवाबासी

७४ वर्ष अघि छुट्टिएका दाजुभाई बुढेसकालमा एक्कासी भेट हुँदा भयो रुवाबासी

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


७४ वर्ष अघि छुट्टिएका दाजुभाई बुढेसकालमा एक्कासी भेट हुँदा भयो रुवाबासी
Reading Time: < 1 minute

काठमाडौँ । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो । विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् ।

सिद्दिकीले विभाजनपिछ भारतकाे पन्जाबकाे फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड