यी व्यक्तिको कानभित्र छिरेको साङ्लो तीन दिनपछि यसरी निकालियो — OSNepal

यी व्यक्तिको कानभित्र छिरेको साङ्लो तीन दिनपछि यसरी निकालियो

LC (KTM) January 14, 2022 0

वेलिङटन, ३० पुस-एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन् । कानमा सलङ सलङ गर्न थालेपछि जान विडिङले सुरुमा कानभित्र पानी पसेछ भन्ने अनुमान गरे । किनकी तीन दिनअघि उनी एउटा स्थानीय स्विमिङ पुलमा पौडी खेल्न गएका थिए । पौडी खेलेपछि त्यो रात कान हल्लाउदै उनी निदाए । भोलीपल्ट व्युँतदा उनको कान बुझिएर टम्म भयो र कानबाट अनौठो आवाज आउन थाल्यो ।

कानमा खुसल खुसल भइरहेपछि उनी चिकित्सकहाँ पुगे । चिकित्सकले लाइट बालेर उनको कान खोजल्न थाले । उनलाई एन्टिबायोटिक औषधि दिइयो । हेयर ड्रायरले दुखेको कानमाथिको भाग सुक्का पार्न चिकित्सकले सुझाव दिए ।

औषधिले उनलाई केही भएन । उनले एउटा कान नै सुन्न छोडे र सुत्न पनि सकेनन् । उनलाई झन गा¥हो भयो । त्यसपछि उनी नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञकहाँ गए । चिकित्सकले उनको कानभित्र किरा पसेको पत्ता लगाए । तत्कालै कैचीजस्तो एउटा उपकरणले उनको कानबाट किरा निकाले । त्यो थियो साङ्लो । चिकित्सकका अनुसार सो साङ्लो अरु केही दिनसम्म झिक्न् नपाएको भए उनको कान बन्द हुन्थ्यो ।

केही महिनाअघि भारतमा एक व्यक्तिको नाकको प्वालबाट छिरेको साङ्लो दिमागमा पुगेपछि शल्यक्रिया गर्नुपरेको विवरण सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर