संखुवासभामा खन्ने क्रममा शंकास्पद वस्तु फेला, सेनाको टोली समयमा नुपुग्दा त्रास बढ्यो — OSNepal

संखुवासभामा खन्ने क्रममा शंकास्पद वस्तु फेला, सेनाको टोली समयमा नुपुग्दा त्रास बढ्यो

LC (KTM) January 14, 2022 0

संखुवासभा, ३० पुस-संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली आइनपुग्दा त्रासको वातावरण सृजना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइनपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।
पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ ।

उक्त शंकास्पद बस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म आइनपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । चैनपुर–६ गढी डाडाँमा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर