रामबाबुको घरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ — OSNepal

रामबाबुको घरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

LC (KTM) January 14, 2022 0

भक्तपुर, ३० पुस-सूर्यविनायक नगरपालिका(३ बालकोट महेन्द्र शान्ती चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर