कोरोना महामारी तिब्र गतिमा फैलियो, आज एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि — OSNepal

कोरोना महामारी तिब्र गतिमा फैलियो, आज एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि

LC (KTM) January 14, 2022 0

काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिइरहेका बेला शुक्रबार ५ हजार ८७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार आएको पिसिआर परीक्षणको नतिजाबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार पछिल्ला दिनमा संक्रmमणको दर तिब्र गतिमा फैलिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर