प्रदेश १ मा दिन दिनै कोरोना संक्रमितको संख्या बढ्दो, आज एकै दिन ३७९ जनामा संक्रमण , बिराटनगरमा मात्रै १६४ जनामा देखियो — OSNepal

प्रदेश १ मा दिन दिनै कोरोना संक्रमितको संख्या बढ्दो, आज एकै दिन ३७९ जनामा संक्रमण , बिराटनगरमा मात्रै १६४ जनामा देखियो

LC (KTM) January 14, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना संक्रमण भएको छ । ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा ४, धनकुटा, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १६४, बुढीगंगामा ९, कटहरीमा ३, रंगेली, सुन्दरहरैचा र जहदामा २–२, ग्रामथान, उर्लाबारी , धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा ४, बराहक्षेत्र र दुहवीमा २–२, इनरुवा, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १७, दमकमा ९, भद्रपुरमा ८, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा २–२, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर , कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र १७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार १३७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर