OSNepal बिहिबार, माघ १३ २०७८

एमालेको केन्द्रीय प्रतिनिधि मण्डलले किन भेट्दैछ प्रधानमन्त्री देउवालाई ?

एमालेको केन्द्रीय प्रतिनिधि मण्डलले किन भेट्दैछ प्रधानमन्त्री देउवालाई ?

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


एमालेको केन्द्रीय प्रतिनिधि मण्डलले किन भेट्दैछ प्रधानमन्त्री देउवालाई ?
Reading Time: < 1 minute

काठमाडौं, ३० पुस – कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड