आँफुलाई प्रकृतिसँग तुलना गर्दै सुन्दरी मोडल सृजना — OSNepal

आँफुलाई प्रकृतिसँग तुलना गर्दै सुन्दरी मोडल सृजना

LC (KTM) January 14, 2022 0

काठमाडौँ । सुप्रशिद्ध गायिका मेलिना राईको स्वर रहेको फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् ।रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुत पनि गीत संगीत कर्मबाट निकै खुशी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर