नारायणगढबाट काठमाडौँ आउदै गरेको स्कारपियो त्रिशुलीमा खस्यो — OSNepal

नारायणगढबाट काठमाडौँ आउदै गरेको स्कारपियो त्रिशुलीमा खस्यो

LC (KTM) January 14, 2022 0

चितवन, ३० पुस-नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । दुर्घटनाको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर