भूमि पेड्नेकरसंग रोमान्स गर्दै अर्जुन कपुर — OSNepal

भूमि पेड्नेकरसंग रोमान्स गर्दै अर्जुन कपुर

LC (KTM) January 14, 2022 0

मुम्बई । बलिउड चलचित्र ‘द लेडी किलर’ मा अभिनेत्री भूमि पेड्नेकरले अभिनय गर्ने पक्का गरेकी छन् । केही समयअघि घोषणा गरिएको यस चलचित्रमा अभिनेता अर्जुन कपुर रहने भए पनि अभिनेत्रीको को हुने भन्ने निश्चित थिएन । अजय बहलले निर्देशन गर्न लागेको यो चलचित्रमा अभिनेता अर्जुन र अभिनेत्री भूमिले पहिलोपटक पर्दामा देखिँदैछन् । भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्न लागेको ‘द लेडी किलर’ एक थ्रिलर चलचित्र हुने जनाइएको छ ।

अभिनेता अर्जुन र अभिनेत्री भूमिको जोडीले दर्शकमा नयाँ उत्साह पैदा गर्ने आशा निर्माण पक्षले लिएको छ । सौर्य दैनिकमा खबर छ । निर्देशक अजय बहलले बलिउडमा ‘सेक्सन ३७५’ र ‘बिए पास’ लगायतका चलचित्र निर्देशन गरेका छन् । उनले अभिनेत्री तापसी पन्नुको होम प्रोडक्सन चलचित्र ‘ब्लर’ को समेत निर्देशन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् -बाढीले क्षति पु¥याएको सडक अटो व्यवसायीद्वारा सञ्चालन:जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् । गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षासँगैको बेमौसमी बाढीले उक्त सडकमा पूरै क्षति पु¥याएको थियो । सेती नदीसँगै जोडिएको उक्त सडकमा नदीले बगाएर ल्याएका बालुवा, काठ, ढुङ्गा जम्मा भएका कारण यातायात सञ्चालनमा निकै समस्या हुँदै आएको थियो ।

यातायात सञ्चालनमा समस्या हुनुका साथै सडक भरी जम्मा भएका बालुवा, काठ, ढुङ्गा अहिलेसम्म पनि नहटाएका कारण आफूहरूले उक्त सडक सफा गरी यातायात सञ्चालनमा सहज गराएको जिल्लामा सञ्चालित भागेश्वर अटो प्रालीका सचिव प्रदीप बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको बाढीले सडक बिगारेको महिनौँ हुँदासम्म कुनै पनि निकायबाट बाटो खुलाउनका लागि पहल भएन, हामी आफैँले अहिले सडक सुचारु गराएका छौँ, सबैलाई राहत भएको छ ।”

भागेश्वर अटो प्रालिले भाडामा स्काभेटर लगाएर उक्त सडक खुलाएको हो । यसअघि यहाँका अटो व्यवसायीले कुलपाते–राजपुर सडकमा आएको पहिरो पन्छाउनुका साथै सडकभरिमा रहेका खाल्डाखुल्डी पुरेका थिए । जिल्लामा विगत तीन वर्षदेखि सञ्चालनमा आएको अटो व्यवसायका कारण छोटो दूरीको यात्राका लागि निकै सहजसमेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर