बन्दीपुरको धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु — OSNepal

बन्दीपुरको धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

LC (KTM) January 14, 2022 0

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर