कोरोना बढ्दै गएपछि पाटन अस्पतालमा आजदेखि अक्सिजन प्लान्ट सञ्चालनमा — OSNepal

कोरोना बढ्दै गएपछि पाटन अस्पतालमा आजदेखि अक्सिजन प्लान्ट सञ्चालनमा

LC (KTM) January 14, 2022 0

ललितपुर, ३० पुस-पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गर्नुभयो । महानगपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताउनुभयो ।

डा शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताउनुभयो । कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो ।अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने जानकारी दिइयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर