सप्तरीमा शितलहरबाट प्रभावित विपन्न परिवारलाई राहत बितरण — OSNepal

सप्तरीमा शितलहरबाट प्रभावित विपन्न परिवारलाई राहत बितरण

LC (KTM) January 14, 2022 0

सप्तरी, ३० पुस-कथित दलित समूदायमा पनि पछाडि परेका सप्तरीको ताेपाका डाेम र मुसहर समुदायलाई शुक्रबार राहत वितरण गरिएको छ।शुक्रबार सत्य साई बाबा फाउन्डेसन धरानले १० डाेम समुदाय र २५ मुसहर समुदाय गरि ३५ परिवारलाई राहत वितरण गरिएको हो ।

उनीहरूलाई म्याट र बल्याङ्केट १/१ थान, चामल २५ किलो, भुजा २ किलो, लुगाधुने सावुन २, नुहाउने साबुन २ थान, खाने तेल १ लिटर, नुन १ किलो, दाल २ किलो लगायतका सामाग्री राहत स्वरूप बितरण गरिएको हो ।

सप्तरीको ताेपाको नहरको डिलमा बसोबास गर्दै आएका भूमिहिन डाेम र मुसहर सामुदाय एक महिनादेखि निरन्तर चलिरहेको शितलहरका कारण दैनिकी धान्न समस्या भएपछि राहत बितरण गरेको स्थानीय संचारकर्मी शौरभ यादवले बताए ।

राहत वितरण कार्यक्रममा पत्रकार रामनाथ यादव, कमल कुमार मण्डल, स्थानीय समाजसेवी सत्य नारायण यादव, भगवानलाल यादव, अशोक कुमार यादव लगायत उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर