रेडहर्ष ईलाम जिल्ला ए डिभिजन लिगको उपाधी रक्षा गर्न सफल — OSNepal

रेडहर्ष ईलाम जिल्ला ए डिभिजन लिगको उपाधी रक्षा गर्न सफल

LC (KTM) January 14, 2022 0

रेडहर्ष फुटबल क्लबले इलाममा सम्पन्न एन्फा जिल्ला ए डिभिजन लिगको उपाधि रक्षा गर्न सफल भएको छ । रेडहर्षले लगातार दोश्रो पटक लिगको उपाधि रक्षा गर्दै आफुलाई फेरी एक पटक अब्ब्ल साबित गरेको छ । ईलामको ठुलो टुडिँखेलमा सम्पन्न फाइनल खेलमा मिलियन फ्रेन्डस् क्लब पान्दामलाई ४–० गोल अन्तरले हराउँदै रेडहर्ष लिग च्याम्पिन बन्न सफल भएको हो ।

रेडहर्षको जितमा पासाङ शेर्पा र सन्तोष रम्तेलले समान २÷२ गोलको योगदान दिएका थिए । यो उपाधी जिते संगै अब रेडहर्षले प्रदेश लिगमा इलामको नेतृत्व गर्न पाउने भएको छ । खेल सुरु भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता बनाएको थियो ।

त्यस्तै खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेल, खेलको ६४ औं मिनेटमा पासाङले ब्यक्तिगत दोश्रो गोल गरेका थिए भने ६९ औ मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै जित सुनिश्चित गरेको थियो । लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार पाउँदा उपबिजेता पान्दामले १५ हजार रुपैंयाँ पाएको छ । क्लब ओएसिसका चैतहाङ लिम्बु उदियमान खेलाडी घोषित भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर