माघे संक्रान्ति सांस्कृतिक विविधताकाे उदाहरण : सभामुख सापकाेटा — OSNepal

माघे संक्रान्ति सांस्कृतिक विविधताकाे उदाहरण : सभामुख सापकाेटा

LC (KTM) January 15, 2022 0

काठमाडाैं, १ माघ – सभामुख अग्निप्रसाद सापकाेटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरण समेत रहेकाे बताएका छन् ।

‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ सापकाेटाले शुभकामना सन्देशमा भनेका छन् ।

सभामुख सापकाेटाले कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।

थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् । थारुहरुको यो नयाँ वर्ष आरम्भ पनि हो ।

मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति ९मकर संक्रान्ति० का रुपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर