सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स लाई हराउँदै आर्मी लिगको तेस्रो स्थानमा उक्लन सफल — OSNepal

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स लाई हराउँदै आर्मी लिगको तेस्रो स्थानमा उक्लन सफल

LC (KTM) January 15, 2022 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लब माथि सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स एकका बिरुद्ध तिन गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउने क्रममा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोलको योगदान दिए ।

फ्रेन्ड्सका जमल एन्थोनीले सान्त्वना स्वरुप एक गोल फर्काए थिए । खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठ, खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई दुई शुन्यको अग्रता बनाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सका एन्थोनीले गोल गर्दै खेल दुई एकको स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई तिन एकको जित दिलाए ।

आजको जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर