लेवान्डोस्कीको ह्याट्रिक संगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखको शानदार जित — OSNepal

लेवान्डोस्कीको ह्याट्रिक संगै जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखको शानदार जित

LC (KTM) January 15, 2022 0

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले एफसी कोल्नलाई फराकिलो गोल अन्तरले हराएको छ । राति सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई चार शुन्य गोल अन्तरले हराएको हो ।बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका थिए ।

एक गोल कोरेनतीन टोलिस्सोको नाममा रह्यो ।खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई दुई शुन्य को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा र ७४ औ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई चार शुन्य को जित दिलाए ।

जितसँगै बायर्नले १९ खेलमा ४६ अंक जोडेको छ ।कोल्नले १९ खेलमा २८ अंक जोडेको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले फ्रेईवर्गलाई ५(१ गोल अन्तरले हराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर