दुई सय दिनसम्म सुटिङ गरिएको आमिर खानको ‘लाल सिंह चड्डा’आगामी वर्ष रिलिज हुने – OSNepal

दुई सय दिनसम्म सुटिङ गरिएको आमिर खानको ‘लाल सिंह चड्डा’आगामी वर्ष रिलिज हुने

Osnepal January 16, 2022 0

काठमाडौं, २ माघ(बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।

आमिर फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्नुअघि टमका लागि पहिलो प्रदर्शन राख्दैछन् । आमिर आफ्नो फिल्मप्रति टमको बुझाई के छ भन्ने जान्न चाहन्छन् ।‘लाल सिंह चड्डा’ करिब दुई सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’ पछि सर्वाधिक बढी समय लगाएर छायांकन गरिएको यो दोस्रो फिल्म हो । यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ ।

आमिर, करीना कपूर खान र अन्य बलिउड स्टारको अभिनय रहेको फिल्म आमिर खान प्रोडक्शन्स, वायकम १८ स्टूडियोज र पेरामाउण्ट पिक्चरले निर्माण गरेको हो । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement