घाँस र पिठो खुवाए गाईले धेरै दुध दिन्छ भन्ने मान्यतालाई यी किसानले गाईलाई चस्मा लगाइदिएर गलत सावित पारिदिए — OSNepal

घाँस र पिठो खुवाए गाईले धेरै दुध दिन्छ भन्ने मान्यतालाई यी किसानले गाईलाई चस्मा लगाइदिएर गलत सावित पारिदिए

LC (KTM) January 16, 2022 0

एजेन्सी २ माघ । सुन्दा अचम्म लाग्न सक्छ तर यथार्थ हो । घरपालुवा गाईले धेरै दुध दिन्छ भन्दै घाँस पिठो पानी खुवाएको थाहा पाउनु भएको होला तर चस्मा लगाएको समाचार सायदै सुन्नु भएको छैन होला ।

टर्कीका एक किसानले आफ्नो गाईको दुध बढाउन गाईको शआँखामा चस्मा लगाइदिएका छन् । टर्कीको अक्साराय सहरमा बस्ने इज्जेत कोकाक किसानले आफ्नो गाईलाई भर्चुअल रियालिटी वाला चस्मा लगाइदिएकाछन् ।

यसले गाईले आफुलाई ठुलो घाँसे मैदानमा चरिरहेको महसुस गर्ने छ र गाईले धेरै दुघ दिनेछ । यो प्रविधि अहिले अन्य किशानले पनि थाहा पाएका छन् । यसबाट दुध उत्पादनमा पनि वृद्धि भएको बताइएको छ ।

आफ्नो गाईले २२ लिटर दुध दिने गरेकोमा हाल आएर २७ लिटर दूध दिन थालेको किसानले जानकारी दिएका छन् । पशुलाई भीआर चश्माको माध्यमबाट एक हराभरा मैदान देखिन्छ र गाईलाई त्यो ठूलो मैदानमा चरेको जस्तो अनुभव हुने जसको कारण धेरै दुध दिने गरेको पाइएको छ ।

हुन्छ । यसै कारण उसले धेरै दुध दिन्छ । यसबाट के स्पष्ट भएको छ भने गाई–भैँसीलाई हरियो मैदान देखायो भने औसतभन्दा बढी दुध दिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर