काठमाडौंबाट पोखराको लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकाशमै खोलियो — OSNepal

काठमाडौंबाट पोखराको लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकाशमै खोलियो

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । काठमाडौंबाट पोखराको लागि आज बिहान करिब साढे आठ बजे उडेको गुण एयरलाइन्सको हवाई जहाजको यात्रु चढ्ने ढोका खुलेको छ ।

उडेको पाँच मिनेटमै जहाजले उचाइ लिंदैगर्दा यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै जहाजलाई पुन काठमाडौं नै अवतरण गराइएको छ । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाउने तयारी भइसकेको छ ।

अकाशमै ढोका खोलिएपछि आफुहरुलाई काठमाडौं नै अवतरण गरिएको एक जहाजमा सवार व्यक्तिले भनेका छन् ।

अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको बताइएपनि के कारणले त्यस्तो भएको भन्ने स्पष्ट नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर