बतास समुहले धर्मशालाई फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ, म सक्ड भएँ : मन्त्री आले — OSNepal

बतास समुहले धर्मशालाई फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ, म सक्ड भएँ : मन्त्री आले

LC (KTM) January 16, 2022 0

काठमाडौं २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिको अवलोकन पछि बतास समुहले धर्मशालालाई सेभेन स्टार बनाइएको बताएका छन् ।
धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समुहको आलोचना भएपछि मन्त्री आले आज आइतबार पशुपती क्षेत्र पुगेका हुन् ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा बतास समुहले होटल आनन्द’ चलाइरहेको छ । सञ्चार माध्यमहरुसँग बोल्दै मन्त्री आलेले भने , ‘यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,’ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गरेको उक्त धर्मशालामा भारतले २५ करोड लगानी गरेको बताएका उनले सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको धर्मशालालाई सेभेन स्टार बनाइएको बताएका छन् ।

छानविन समितिले सोमबार प्रतिवेदन बुझाएपनि कारवाहीको प्रक्रिया अगाडी बढाइने समेत उनले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालालाई होटल बनाई बतास समुहले आफ्नो फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालय समेत राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर